पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षण र सहकारी शिक्षा अभियान सुरु
स्पर्श खबर जितपुर बारा भदौ २२ गते:
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ता तथा शेयर सदस्यलाई संरक्षण र सहकारीसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले संरक्षण तथा सहकारी शिक्षा कार्यक्रम सुरु गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा सोमबारदेखि बाराको जीतपुरसिमरा–६ नागौलबाट अभियान सुरु भएको हो।
कार्यक्रमअन्तर्गत ६४ उपभोक्ता समूहका करिब ४ हजार ५ सय सदस्यलाई वन तथा वन्यजन्तु संरक्षण, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहकारीको वित्तीय अनुशासनसम्बन्धी शिक्षा प्रदान गरिनेछ।
समुदायलाई संरक्षणप्रति जिम्मेवार र सहकारीमार्फत आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित अभियान विभिन्न उपभोक्ता समूहसम्म विस्तार गरिने जनाइएको छ