१० वर्षीय बालक बिहानदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल
स्पर्श खबर जितपुर बारा भदौ ९ गते:
बिश्रामपुर गाउँपालिका–३, मुसहर्वा उत्तर टोल निवासी राजकुमार गुप्ताका अन्दाजी १० वर्षीय छोरा आज बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका छन्।
बालक बिहानदेखि घरपरिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ। आफन्त तथा स्थानीय क्षेत्रमा खोजी गर्दा पनि हालसम्म बालकको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ।
बालकलाई कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल ९७०२८८१९५१ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले सबैमा आग्रह गरेको छ।
बालकको खोजीमा सहयोग गरिदिन परिवारले स्थानीयवासी तथा सम्बन्धित सबै निकायसँग अपिल गरेको छ।