कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा

स्पर्श खबर जितपुर बारा सावन २३ गते
कप्तानगञ्ज घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख रुपैयाँ र घाइते प्रत्येक परिवारलाई ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।


विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। परिषद्का राष्ट्रिय संगठन सचिव प्रहलाद रेग्मीले आज अस्पतालमा उपचाररत दुई जना घाइतेलाई जनही ११ हजार रुपैयाँ हस्तान्तरण गर्दै मृतकका परिवारलाई १ लाख तथा घाइते परिवारलाई ११ हजार रुपैयाँका दरले सहयोग गर्ने जानकारी दिनुभयो।


घटनाबाट प्रभावित परिवारलाई तत्काल राहत र सहयोग पुर्‍याउने उद्देश्यले परिषद्ले उक्त निर्णय गरेको जनाएको छ। पीडितको दुःखमा साथ दिन मानवीय सहयोग अघि बढाइएको परिषद्को भनाइ छ।