लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामद

लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामद
स्पर्श खबर जितपुर बारा २० गते :

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल नजिकबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ नियमित चेकजाँचका क्रममा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हिरोइन र २५.५३ ग्राम गाँजा बरामद गरेको हो। लागूऔषध बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सिमरास्थित इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।