सडक अतिक्रमण हटाउन जितपुरसिमरा:६ मा अभियान सुरु

सडक अतिक्रमण हटाउन जितपुरसिमरा–६ मा अभियान सुरु

स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो।
वडा अध्यक्ष कैमुदिन अंसारी का अनुसार मुख्य तथा भित्री सडकमा ढुंगा, इँटा, गिटी, बालुवा जस्ता निर्माण सामग्री राख्ने, पशुचौपाया बाँध्ने तथा सडकमै सवारी पार्किङ गर्ने गतिविधिका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको थियो।
तोकिएको समयभित्र सामग्री नहटाइएपछि नगर प्रहरीसहितको टोली परिचालन गरी सडक खाली गराउने कार्य सुरु गरिएको उनले बताए। वडा कार्यालयले एकपटक चेतावनी दिँदा पनि अटेरी गरे हटाइएको सामग्री व्यवस्थापनमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने र नियमअनुसार कारबाही समेत गरिने जनाएको छ।
स्थानीयवासीले सडक व्यवस्थित बनाउन सुरु गरिएको यो अभियानलाई सकारात्मक कदमका रूपमा लिएका छन्।