बीरगञ्ज–३१ बाट हज यात्रामा जाने शेख मुखतार साहबलाई सम्मानपूर्वक बिदाइ
स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ नयाँ टोल निवासी शेख मुखतार साहब पवित्र धार्मिक स्थल मक्का र मदिना मा हज गर्न प्रस्थान गर्ने क्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले सम्मानसहित बिदाइ गरेका छन्।
बिदाइ कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा सदस्य बिरेन्द्र राय थारु, समाजसेवी बालेश्वर गौरो तथा एकबाल हुसेन ले गम्छा र टोपी प्रदान गर्दै सम्मान गरेका थिए।
यस अवसरमा देश तथा विदेशबाट पवित्र हज यात्रामा जाने सम्पूर्ण हाजीहरूलाई अग्रिम शुभकामना व्यक्त गर्दै अल्लाह ताआलाले सबैको हज कबूल गरून् भन्ने कामना गरिएको छ।