रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट बारा तथा धनुषाकी दुई महिला पत्रकार सम्मानित
स्पर्श खबर जितपुर बारा बैशाख २८ गते

स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिएको “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाट बाराकी शारदा पोख्रेल तथा धनुषाकी चाँदनी झा सम्मानित भएका छन् ।

रामा देवी स्मृति प्रतिष्ठान ले सोमबार गौर मा आयोजना गरेको कार्यक्रममा दुवै पत्रकारलाई जनही २६ हजार रुपैयाँ नगद, कदरपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो ।
जयप्रकाश यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले महिला पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारले पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका थिए ।
सम्मानित पत्रकारद्वयले कठिन परिस्थितिका बीच पनि पत्रकारितामा निरन्तर सक्रिय रहँदा प्राप्त सम्मानले थप हौसला र प्रेरणा मिलेको बताएका छन् ।