दलित भएकै कारण फसाउन खोजिएको आरोप : “माथि अन्याय भयो, न्याय चाहिन्छ” भन्दै मिडियामा रोए जोगिन्दर चमार
स्पर्श खबर जितपुर बारा बैशाख २८ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा १२ फतेपुर क्षेत्रमा जोगिन्दर चमारमाथि चोरीको आरोप लगाएर दबाब र अन्याय गरिएको भन्दै उनले न्यायको माग गरेका छन्। मिडियासामु रुँदै आएका जोगिन्दरले आफूलाई दलित भएकै कारण हेप्ने, दबाउने र थिच्ने प्रयास भइरहेको आरोप लगाए।
उनले भने,दिउँसो १२ बजे पोखरीमा चोरी भयो भनिएको छ, तर त्यही समयमा सयौं मानिसहरू पोखरीमा माछा मारिरहेका थिए। म पनि त्यहीँ थिएँ। मलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको छ।”
जोगिन्दरका अनुसार फतेहपुर क्षेत्रमा दलित समुदायमाथि विभेद र अन्याय हुने गरेको दाबी गर्दै उनले निष्पक्ष छानबिन गरी आफूलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
घटनापछि स्थानीयस्तरमा पनि विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग उठ्न थालेको छ।