जितपुरसिमरामा बजरंग दल गठन, सांस्कृतिक संरक्षणमा जोड

जितपुरसिमरामा बजरंग दल गठन, सांस्कृतिक संरक्षणमा जोड

मनेज शाह जितपुर बारा चैत १२ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित बाङ्गाली बाबा मन्दिरमा ५१ सदस्यीय बजरंग दल समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। बारा, पर्सा र रौतहटका अध्यक्ष विवेक सिन्हाको अध्यक्षतामा समिति चयन भएको हो।
समितिको अध्यक्षमा रञ्जेश शाह, उपाध्यक्षमा धिरज सर्फ, कोषाध्यक्षमा रुपेश शाह, मन्त्रीमा दामोदर सहनी र सहमहामन्त्रीमा रवि गुप्ता चयन भएका छन्। साथै, सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।
कार्यक्रममा बोल्दै मनोज गुप्ताले हिन्दू सांस्कृतिक परम्परा संरक्षण र सामाजिक एकता मजबुत बनाउने उद्देश्य रहेको बताए। वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ताले सबै धर्मप्रति सम्मान राख्दै सकारात्मक उद्देश्यका साथ काम गर्न आग्रह गरे।
कार्यक्रममा स्थानीय व्यापारी तथा संघसंस्थाको उल्लेखनीय उपस्थिति रहेको थियो। यसै क्रममा जितपुरका विभिन्न स्थानहरूमा बजरंगबलीका झण्डा र बत्ती जडान गरिएको जानकारी दिइएको छ।