नगर प्रहरीको विशेष सडक ड्युटी
स्पर्श खबर जितपुर बारा मंसिर १९ गते
विद्यार्थीको विद्यालय आगमन र बिहानको भिड व्यवस्थापनलाई लक्षित गर्दै जितपुर सिम्रा उपमहानगरपालिकामा नगर प्रहरीले मंगलबारदेखि लागू गरेको विशेष सडक ड्युटी स्थानीयमा अत्यन्तै प्रशासनीय बनेको छ। सुरक्षित यात्रा व्यवस्थित सहर अभियान अन्तर्गत नगर प्रहरीहरू बिहान ९ देखि ११ बजेसम्म नगरका प्रमुख चौक चौराहामा खटिन थालेपछि विद्यार्थी अभिभावक र सर्वसाधारणले सहज र सुरक्षित यातायात अनुभूति गर्न थालेका छन्। नगर प्रहरीका विज्ञानकुमार लामाका अनुसार विद्यालय जाने तथा फर्कने विद्यार्थी कार्यालय समयका कर्मचारी र सर्वसाधारणको बिहानको ठूलो ओहोरदोहोरका कारण दुर्घटनाको जोखिम समेत बढ्दै आएको बताए । यातायातलाई सहज र दुर्घटना रहित बनाउन विशेष ड्युटी सुरु गरिएको हो। उहाँले बताउनुभयो । नगर प्रहरीले पनि ट्राफिक व्यवस्थापन कडाईका साथै चालक यात्रु र पैदल यात्रुलाई नियमपालनका लागि आग्रह गरेका छन्। विशेष ड्युटीको पहिलो दिनमै ट्राफिक प्रवाह सुगम बनेको र भिड व्यवस्थापन प्रभावकारी देखिएको स्थानीयको अनुभव छ। विद्यार्थी आगमनमा जस्तो संवेदनशील समयमा नगर प्रहरीले देखिएको सक्रियता उदाहरणीय पहलकदमी भएको भन्दै अभिभावक र समुदायले खुलेर प्रशंसा गरेका छन्। यस्तो नियमित अनुगमन र सत्कर्ताले दुर्घटना घट्छ र विद्यालय जाने बालबालिकाको सुरक्षा पक्का हुन्छ। एक अभियोगले प्रतिक्रिया दिएका छन्। नगर प्रहरीको यस गत उपमहानगरलाई सुरक्षित र व्यवस्थित सहरतर्फ लैजाने कार्यमा सकारात्मक संकेत दिएको देखिन्छ