सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो

सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा रंगशालामा निर्माण भइरहेको ब्याडमिन्टन कौडहलको काम कुनै पनि सूचना बोर्ड नराखी अघि बढाइएको खुलासा भएको छ। स्पर्श खबरमा समाचार सार्वजनिक भएपछि मात्रै निर्माण कम्पनीले सूचना बोर्ड जडान गरेको पुष्टी भएको छ।

निर्माण कार्यको जिम्मा लिएको ए बी सनबी डायमन्ड कम्पनीका सञ्चालकले यसअघि बोर्ड नहालेको स्वीकार गर्दै भने, “गलत हो, कामभन्दा पहिले सूचना बोर्ड राख्नुपर्छ, तर हामीले राख्न सकेनौँ। समाचार आएपछि अहिले बोर्ड राखेका छौँ।”

स्थानीयवासीले सूचना बोर्ड नहुँदा निर्माणको लागत, जिम्मेवार निकाय, समयावधि र अन्य विवरणप्रति अस्पष्टता बढेको बताएका छन्। सार्वजनिक स्थानमा भइरहेको परियोजनामा सूचना बोर्ड अनिवार्य रहेको अवस्थामा सिम्रा रंगशालाको यो घटना लापरवाह कार्यशैलीको उदाहरण भएको टिप्पणी गरिएको छ।

यसअघि बोर्ड नहुँदा उठेको प्रश्न र आलोचनापछि कम्पनीले अहिले सूचना बोर्ड राखेर काम अघि बढाइरहेको जनाएको छ।