स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:

स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ”

जितपुरका स्थानीय समाजसेवी मनिर अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार व्यक्त गर्दै लेखेका छन् — “सत्य बोल्नलाई पनि साहस चाहिन्छ। गलतलाई गलत र सहीलाई सही त्यो त समयले बताइदिएको छ। आफुलाई 24 केरेट ठान्ने केही मानिसहरूको कारण नै देश संकटमा फसेको छ।”

उनले देश र समाजको हितका लागि अब डराएर बस्ने होइन, उठ्ने, हिँड्ने र लड्ने समय आएको बताएका छन्। अन्सारीले नेपाल एकीकरणको रक्षा गर्न सबैलाई एकजुट हुन समेत आग्रह गरेका छन्।

समाजमा देखिएका अन्याय र गलत प्रवृत्तिको विरोध गर्दै उनले युवापुस्तालाई सत्य र राष्ट्रप्रेमको बाटोमा लाग्न प्रेरणा दिने सन्देश दिएका छन्।