एमरल्ड एकडेमीका विद्यार्थीद्वारा जितपुर–७ स्थित बर्माबाबा मन्दिरको अध्ययन अवलोकन

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:

एमरल्ड एकडेमीका विद्यार्थीद्वारा जितपुर–७ स्थित बर्माबाबा मन्दिरको अध्ययन अवलोकन गरेको छ

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित बर्माबाबा मन्दिरमा बिहीबार एमरल्ड एकेडेमीका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम अन्तर्गत अध्ययन अवलोकन गरेका छन्।

स्थानीय धार्मिक तथा ऐतिहासिक स्थलको बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यले गरिएको यस अवलोकन कार्यक्रममा विद्यार्थीहरूका साथै शिक्षकहरू पनि सहभागी रहेका थिए।

कार्यक्रममा सहभागी शिक्षक अमित दुलालले विद्यार्थीहरूले स्थानीय संस्कृति, परम्परा र धार्मिक स्थलको महत्व बुझ्ने अवसर पाएको बताउनुभयो। उहाँका अनुसार विद्यालयले यस किसिमका अध्ययन भ्रमणमार्फत विद्यार्थीहरूमा स्थानीय ज्ञान र व्यवहारिक सीप विकास गराउने उद्देश्य लिएको छ।