स्पर्श खबर जितपुर बारा भदौ ४ गते:
पर्साकाे परवानीपुरमा एक रोल कपडा फ्याक्ट्रीमा आज बिहान भीषण आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ। आगलागीको कारण अझै पुष्टि भएको छैन तर प्रारम्भिक अनुमान अनुसार विद्युतीय सर्टले आगो लागेको बताइएको छ।
स्थानीय र प्रहरीको सहयोगमा दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ। तर आगो फैलँदै जाँदा फ्याक्ट्रीभित्र रहेका कच्चा पदार्थ, तयारी सामान तथा मेशिनरीहरू पूर्णरुपमा जलेर नष्ट भएका छन्।
फ्याक्ट्री सञ्चालकले प्रारम्भिक अनुमानमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको बताएका छन्। घटना नियन्त्रणमा लिने क्रममा केही श्रमिक र स्थानीय साना घाइते भएको जानकारी प्रहरीले दिएको छ।
आगो कसरी लाग्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले औद्योगिक क्षेत्रमा सुरक्षा र पूर्वतयारीप्रति गम्भीर प्रश्न उठाएको स्थानीयले बताएका छन्।