तेलको कुपनमा चित्त नबुझ्दा सिमराकी डीएसपीले प्रशासकीय अधिकृतसँग गरिन् दुर्व्यवहार
स्पर्श खबर जितपुर बारा जेठ १८
ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले आज आइतबारका दिन जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा त्यहाँका प्रशासकीय अधिकृतसँग दुर्व्यवहार गरेकी छिन् ।
आफ्नो पदीय मर्यादाक्रम समेत विर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा पुगेर विवेकहीनता देखाउँदै डिजेलको कुपनसम्बन्धी विषयमा असन्तुष्टि पोख्दै दुर्व्यवहार गरेकी हुन् ।
डिएसपी वाईवाले उपमहानगरपालिकामा डिजेल माग्न एकजना जवान पठाएकी थिइन् । उनको माग १०० लिटर डिजल थियो तर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत प्रसाँईले २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिएर पठाएका थिए । यो कुरामा चित्त नबुझेर डीएसपी वाइवाले सो कुपन च्यातिदिएकी थिइन् ।
डिएसपी वाईवाले विगतको महिनामा १०० लिटर डिजल लिने गरेकोमा अहिले एक्कासी घटाएर कुपन पठाएपछि आफूलाई चित नबुझेर कार्यालय पुगेको र उपमहानगरका हाकीमको कुरा चित नबुझेछि कुपन च्यातेकी हुन् ।
यसै घटनासम्बन्धमा रहेर बाराका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा डीएसपीले जे गर्नुभयो, त्यो साँच्चै नै मर्यादा विपरीत थियो । यसबारे थप छानविन अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।