मनाेज शाह जितपुर बारा चैत १८ गते:
बारामा इस्लाम धर्मावलम्बीले आज बिहान जितपुरस्थित जामा मस्जिद सामुहिक नमाज वाचन गरेका छन् । एक महिनासम्म निराहार ब्रत बसेका इस्लाम धर्मावलम्बीले सोमवार जितपुरस्थित मजिदमा सामुहिक नमाज बाचन गरेका हुन् ।मजिदमा जितपुरका हजारौं भन्दा बढीले इस्लाम धर्मावलम्बीले सामुहिक नमाज वाचन गरेको जामा मस्जिद संचालक समितिका अध्यक्ष माेहराम असरीले बताए । नमाजमा सहभागी हुनेको संख्या बिगतका वर्ष भन्दा यस वर्ष बढेको उनले बताए । ’सभ्य, भब्य र शान्तिपूर्ण रुपमा नमाज पढ्ने कार्य सम्पन्न भएको छ,’ उनले भने ।सामुहिक नमाज पछि इस्लाम धर्मावलम्बीले गला मिलाएर शुभकामना आदान प्रदान गरे ।