बाराकाे जितपुर बजारमा राखीकाे ब्यापार तस्बिरहरु

बाराकाे जितपुर बजारमा राखीकाे ब्यापार तस्बिरहरु
मनाेज शाह जितपुर बारा भदौ २ गते:
बाराकाे जितपुर बजारमा राखीकाे ब्यापार तस्बिरहरु हेर्नु सकिन्छ ।बारा जिल्लाकाे अधिकास ठाउँमा आज आइतबारकाे दिन बजारहरुमा राखी तथा जैन काे भिडभाड देखिन्छ ।

 प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन यसवर्ष भदौ ३  गते (भोलि सोमबार) परेको छ। यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सोभन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भइरहेको छ।