बिश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा काष्ठमूर्तिको पुनःप्रतिष्ठापन

काठमाडौं । विश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा रहेको नव योगिनी मन्दिरको बीच झयालमा रहेको शिव पार्वतीको काष्ठ मूर्ति पुनःप्रतिष्ठापन गरिएको छ ।

२०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको जिर्णोद्धार गर्ने क्रममा सो मल्लकालीन मूर्ति मौलिक रुपमै रंगाएर पुनःस्थापना गरिएको हो । तत्कालीन बागमती प्रदेश सांसद राजेश शाक्यको पहलमा पहिलो पटक विश्व सम्पदा क्षेत्रमा महाभूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिमार्ण थालिएको थियो ।

सो मन्दिर पुनःनिमार्ण गर्न ३ करोड ७१ लाखभन्दा बढीको बजेट बागमति प्रदेश सरकारबाट स्वीकृत भए पनि करिब १ करोडमै पुनःनिमार्ण सकिने दाबी गरिएको छ ।

श्रीजगन्ननाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष भिवोरलाल श्रेष्ठले मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै इन्द्रजात्रा अघि नै काम सकिने दावी गर्नुभयो ।