जुवाको कारण अभिनेता अरबाजको सम्बन्ध बिच्छेद

मुम्बई । बलिउड अभिनेता अरबाज खानले आफ्नै खबर बानीका कारण पत्नी मलाईका अरोरा खानसँग सम्बन्धि विच्छेद गर्नु परेको खुलासा गरेका छन् । आफु सट्टाबाजी जुवाको नराम्रो बानीमा फसेर मलाईका र आफ्नो सम्बन्ध बिग्रिएको यी अभिनेताले बताएका छन् । हुन पनि एक समय अरबाज खान जुवा र बाजीको लतमा फसेका थिए । जसका कारण उनको वैवाहिक जीवन ध्वस्त भएको थियो । तर पनि अरबाज खानले आफ्नो बानी सुधारेर आज करोडौंको सम्पत्तिका मालिक भएका छन् । अरबाजले आफैंले एक अन्तर्वार्तामा जुवा र बाजीको लतमा आफु नराम्ररी फसेको खुलाएका छन् ।

‘म ठुलो पैसा कमाउन चाहन्थे तर सबै गुमाए । आईपीएलमा करिब ५ वर्ष सट्टेबाजी गर्दा तीन वर्षभित्र २.७ करोड गुमाएको थिएँ ।’ यति ठुलो रकम गुमाएकै कारण मलाइका आफुसँग अलग भएको यी अभिनेताले स्विकारेका छन् ।

सम्बन्धि विच्छेद अघि अरवाजको ऋणको पैसा सम्बन्धित व्यक्तिहरुले मलाईकासँग माग्ने गर्थे । जसका कारण उनी दिक्क भएकी थिईन् । अरबाजको यो जुवा र बाजीका कारण मलाइकाले परिवारासँग निकै चिन्ता व्यक्त गरिन् । तर परिवारको कुरालाई समेत अरबाजले नसुनेपछि सन् २०१७ मा सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् ।

आफ्नो यो खराब बानीलाई सुधार्न भाई सलमान खानले पनि निकै प्रयास गरेको यी अभिनेताले बताएका छन । एक समय यस्तो आयो जब यही बानीका कारण अरबाजले फिल्ममा पनि काम पाउन छाडेका थिए । यस अवधिमा सलमान खानले अरबाज खानको हेरचाह गरे र उनलाई आर्थिक रूपमा धेरै सहयोग गरे ।

कोभिडको महामारी पछि सबैतिर मन्दी छाएपछि अरबाज यो खराब बानीबाट सुध्रिएका रहेछन् । अरबाजले केही वर्ष यताबाट चलचित्र निर्माण र विभिन्न कार्यक्रमहरु गर्छन । उनी अभिनेताका रुपमा कमै देखिने गरेका छन् । २०२४ मा शुरा खानसँग विवाह गरेपछि उनी अहिले निकै खुसी छन् ।

अबराज अहिले करोडौं कमाउँछन् । जीक्यूको रिपोर्टका अनुसार अभिनेता ५०० करोडको सम्पत्तिका मालिक हुन् । चलचित्रमा काम गर्नुका साथै निर्माण गरेर पनि राम्रै आम्दानी गर्छन् । साथै उनले एउटा चलचित्रका लागि १० देखि १५ करोड भारु लिन्छन् । एजेन्सी ।उनले विज्ञापनबाट पनि राम्रो आम्दानी गरिरहेका छन् ।