देउवा निवासमा बधाईको चहलपहलः उद्यमी, राजनीतिकर्मीदेखि जनसाधारको लर्को ।

स्पर्श खबर जितपुर बारा साउन ३ गते:

देउवा निवासमा बधाईको चहलपहलः उद्यमी, राजनीतिकर्मीदेखि जनसाधारको लर्को ।

काठमाडौं, ३ साउन । धार्मिक आस्था राख्नेहरुका लागि बुढानिलकण्ठ मन्दिर एउटा शक्तिपीठ हो । भक्तालुहरुको भिड लाग्ने त्यहि बुढालिनकण्ठ मन्दिर नपुग्दै केही वर अर्थात तीन–चार सय मिटर नजिकबाट दाहिने मोडिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास आउँछ ।

२०५२ देखि २०५३ सम्म पहिलो पटक प्रधानमन्त्री बन्नु भएका देउवा दोस्रो पटक फेरि २०५८ देखि २०५९ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो । २०६१ देखि २०६१ सम्म तेस्रो पटक र २०७४ जेठ २४ देखि फागुन ३ सम्म चौथो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएका देउवा पाँचौँ पटक २०७८ जेठ २९ देखि २०७९ मंसिर १० गतेसम्म गरी पाँच पटक देशको प्रधानमन्त्री बन्नु भएका देउवा छैटौँ पटक प्रधानमन्त्रीको प्रतिक्षामा हुनुहुन्छ । अहिले उहाँ प्रधानमन्त्री नभए पनि उहाँकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणा परराष्ट्र मन्त्री बन्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सहित केही साना दलको समर्थनमा बनेको दुईतिहाई सरकारको नेतृत्व नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ । दुई–तिहाई सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओली अहिले शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । अहिले सरकार फेरिएपछि बालुबाटार, सिंहदरबार मात्रै होइन मन्त्रीहरुका निवासमा पनि निकै ठूलो भिडभाड लाग्ने गरेको छ । बधाई दिनका लागि कार्यकर्ता, सुभेच्छुक मात्रै होइन उद्योगी, व्यावसायी र विभिन्न क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरुका कारण भिडभाड हुने गरेको छ ।

आज देउवा निवास बुढानिलकण्ठ पुग्दा त्यहाँ वरपरको सडक मात्रै अस्तव्यस्त बनेको थिएन् देउवा निवासमा पनि खपिनसक्नुको भिड देखिन्थ्यो । पूर्वमन्त्री, मुख्यमन्त्रीहरु मात्रै होइन उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि मन्त्री राणालाई बधाई दिन उहाँको निवास पुग्नुभएको थियो ।

वर्तमान गृहमन्त्री रमेश लेखक, पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतदेखि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीसम्म पनि देउवा निवास पुग्नु भएको थियो ।
बधाई दिनेको हानथापमा मन्त्री राणा पनि खुशीसाथ बधाई ग्रहण गरिरहनु भएको थियो ।सभार मैत्री न्युज । भ्यायसम्म बधाई दिन आउनेसँग दोहोरो गफ पनि गर्न भ्याउनु भएको थियो । कतिपयले भने धेरैबेर लाइनमा बसेर पनि बधाई दिएका दिएका छन् ।