गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

मनाेज शाह जितपुर बारा जेठ ३० गते:

   अत्यधिक गर्मीका कारण मधेस प्रदेश  जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले दुई दिनका लागि विदा दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्वारा जारी सूचनामा अत्यधिक गर्मी बढेका कारण पठन पाठनमा असर परेको भनि कार्यालयमा जानकारी प्राप्त भएकोले जेठ ३१ गतेदेखि ३२ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको उल्लेख छ ।