बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको

भरत ताल निर्माणमा भ्रष्टाचारः बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको

मनाेज शाह जितपुर बारा जेठ २९ गते:

 

मधेस प्रदेश    सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा भ्रष्टाचारको अर्को दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री÷वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।