जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता

जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता

मनाेज शाह जितपुर बारा ब‌ैशाख १२ गते:
जितपुरमा नव निर्मित शिव ,गणेश , बजरग बालि ,राधाकृष्ण , मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ७ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन कलश सहित, पारम्परीक बाजा तथा विभिन्न देवी देउताको झाँकि सहितको सोभा यात्रा निकालिएको थियो ।

नव निर्मित शिव मन्दिरको प्रांगण बाट आज बिहान निकालिएको जल सहितको सोभा यात्रा जितपुर बजार हुदै वडा नम्बर ५ बकुलिया स्थित रहेको दुधाैरा खोलामा पुगी पूजा पाठ गरिएको थियो । हजारौको सांख्यमा सहभागी भएका कुमारी कन्या तथा भक्तजनहरु खोलाबाट जल भरी पुन शिव मन्दिरमा पुगेका थिए ।

प्राणप्रतिष्ठान कार्यक्रमको आज पहिलो दिन जलयात्रा भएको छ भने बैशाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख १५ गते पूर्णआहुति हुने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य श्री मनानिय कृष्ण श्रेष्ठले बताए ।

श्री बंगाली बाबा युग धर्म आश्रम तथा श्रीराम जानकी मन्दिर ब्यवस्थापन समिति जितपुरकाे आयोजनामा निकालिएको कलश सहितको सोभा यात्रामा , राजनीतीककर्मी, संचारकर्मी लगाएतको सहभागी रहेको थियो ।