सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क

सेयर गर्नुहोस्

सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क

 

स्पर्श खबर जितपुर बारा बैशाख १२ गते:

सामाजिक अभियन्ता , युवा नेता सनि गुप्ताले सिम्रौनगढको विषय बारे बोलेका छन्  ।  सिम्रौनगढको भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्दै  सिम्रौनगढमा मानव बस्ती ११ शताब्दी भन्दा पहिलादेखिको बताएका छन्  । गुप्तकालभन्दा पहिला देखि नै सिम्रौनगढमा मानव बस्ती थियो । राजा नान्यदेव सिम्रौनगढमा आउँदा उचाईमा रहेको सिम्रौनगढ जङ्गलले भरिएको थियो भने जङ्गलभित्र मानव बस्ती थियो । मेरो जन्म सिम्रौनगढमा भएको हो र यो मेरो लागि गर्वको कुरा हो भन्दै उनी आफ्नो बंशको छैटौं बंशज रहेको बताए । यहाँसम्म को मसंग रेकर्ड छ भनी उनले दाबी गरे । त्यो कालखण्डको धेरै विकसित र समृद्ध ठाउँमध्येको सिम्रौनगढको एक थियो ।

अरु राज्यभन्दा सिम्रौनगढको बिशेषता अलि फरक थियो । सबै राज्यको खानपिन , भेष भुषा , भाषा र आफ्नै मौलिकता हुन्छ । सिम्रौनगढको श्रीङ्गार, आभुषणको कलाकृति अहिले पनि मूर्तिकलामा देख्न सकिन्छ । खानपिनको आँकलन लगाउनलाई त्यहाँको तरकारी खेती र अन्न बाली खेती देखेर अनुमान लगाउन सकिन्छ । कौशल , वीरता र युद्ध नीतिशास्त्र यति सबल एवम् सक्षम थियो कि त्यो कालखण्डमा सिम्रौनगढले काठमाडौं (नेपाल ) लाई कयौं पटक हराएको इतिहास छँदैछ । सिम्रौनगढ त्यो बखतको हिन्दू राज्य थियो र कुलदेवी तलेजु भवानी हुनुहुन्थ्यो । अहिले तलेजु भवानी देशकै कुलदेवी हुनुहुन्छ । सिम्रौनगढ राज्यभित्र मिथिला र तिर्हुत थियो ।

केही बर्ष अगाडी सम्म म आफै भन्थें कि म भोजपुरी बोल्छु तर हामीले आधार मान्नु पर्छ र प्रमाणलाई बेवास्ता गर्नु हुँदैन । धेरैले सोच्छ र भन्छन् कि सिम्रौनगढको भाषा भोजपुरी हो तर त्यसको पोख्ता प्रमाण छैन ।

कुनै पनि ठाउँ ऐतिहासिक एवं पुरातात्बिक हो होइन भन्ने कुरा थाहा पाउन त्यहाँबाट पाएको बस्तुलाई परिक्षण गर्दा थाहा हुन्छ । इतिहास कहिले झुठो बोल्दैन । यदि म गलत होइन भने १/२ चोटि सिम्रौनगढको उत्खन्न भएको छ र त्यस बाट पाएको बस्तुहरु केही काठमाडौं लगियो केही त्यही पुरियो तर प्राय: त्यहाँ पाइएको भगनावशेष, मुर्ती र बस्तुहरु ब्यवसायिक तरिकाले पोखरी खन्दा पाइएको छ । पोखरी खन्ने क्रममा अन्य मुर्ती र २ टुक्रा सिलालेख पाएको छ । त्यस सिलालेखमा तिर्हुत लिपिमा लेखिएको छ र यो सत्य लाई कसैले पनि नकार्न सक्दैन । भन्नुको अर्थ त्यो बेला सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो र भाषा तिर्हुतिया प्रयोग हुन्थ्यो । यदि सिलालेखलाई अधार मान्नुभयो भने यो कुरा पानी जस्तै सफा छ ।

सिम्रौनगढ राज्य झणडा के थियो ? सिम्रौनगढको मुद्रा कस्तो थियो ? धेरै प्रश्न को जवाफ अहिले अनुसन्धान गर्न र खोज्नै बाँकी छ । भाषाको विषयमा भने अब सिम्रौनगढबासी प्रष्ट हुनैपर्छ ।

सिम्रौनगढमा चल्दै आएको भाषा भने यस्तो छ । ( हम जाइत बारी , माई भात निन्हलेह , इया कथी खबही आजु , दिदिगे हमरा के एगो बाला देन गुरकावना बनावेला , बाबू खेत जोतैत हव , रे बौउ वो हम खेत जोतैइत बारी र कन्काली माई बाडा दुलार करलैइ आदि )
सिम्रौनगढ को भाषा यदि भोजपुरी हो भने सिम्रौनगढको लिपि तिर्हुत कसरी ? सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो भने भाषा भोजपुरी कसरी ? अहिले बिज्ञान र प्रबिधिको युग हो । हाम्रो पुस्ताले प्रमाणमा बिश्वास गर्छ, तुकमा होइन । सिम्रौनगढबाट आज सम्म भोजपुरीको कुनै पनि प्रमाण पाइएको छैन तर तिर्हुत लिपी पाइएको छ र यसको पनि प्रमाण छ । त्यसैले हामी र हाम्रो पुस्ताले तिर्हुतलाई मान्नु पर्छ ।

१० कोशमा पानी र १० कोशमा बानी बद्लिन्छ भन्ने उखान र टुक्कालाई आधार मान्ने हो भने हाम्रा आदरणीय ब्यक्तित्वहरुसंग सोध्न चाह्न्छु कि तपाईहरु प्रमाणलाई मान्ने कि नमान्ने ? यदि हामीले बोल्ने भाषा भोजपुरी हो भने के भोजपुरीले लिपि तिर्हुतलाई स्कावीकार्छ ।
सिम्रौनगढ को भाषा भोजपुरी होइन । सिम्रौनगढको भाषा तिर्हुतिया हो ।