मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा

मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा

मनाेज शाह जितपुर बारा चैत ७ गते:

पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय बायुको आंशिक प्रभाव नेपालमा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले देशभरी आंशिक देखि लिएर साधारणतय आज बदली रहने छ । खास गरेर कोशी, मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा हुने सम्भावना रहेको हो । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भु भागका एक दुई स्थानमा छिटफुट रुपमा हिमापात भईरहेका छन् ।
आज दिउसो कोशी, मधेश, वागमती र गण्डकी प्रदेश सहित पहाडी भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् ।
कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी ,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार पनि देशभरी आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।