जीतपुरमा हुने गणेश पुजाको तयारी पुरा, भोली बिहान बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने

सेयर गर्नुहोस्

बारा, असोज १ गते ।

बाराको जीतपुरमा हुने बृहत् गणेज पुजाको तयारी सम्पन्न भएको छ । भोली मंगलबार बिहा ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर पुजा शुरू हुने भएको छ ।

पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो वर्ष २७१ किलोको लड्डु भोग लाग्ने छ ।

आसोज २ गते मंगलबारको दिनबाट पुजा शुरू भएर ७ दिन सम्म चल्ने पुजा समितिले जनाएको छ ।पुजा हुने स्थानमा दिनहु साझ विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

बृहत् पुजालाई भव्य बनाउनका लागि पुजा हुने स्थानमा विभिन्न मनोरञ्जकका खेल सहित पिंङहरू लगाईएको छ ।