रौतहट, असोज १ गते
रौतहट जिल्लाको गरूडामा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । गरूडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले टिभिएसको अधिकारिक डिलर लिएर विश्वकर्मा पुजाको दिन शोरूमको समउद्घाटन सम्पन्न गरेको हो ।
शिवनगरमा टिभिएसको आधिकारिक विक्रेता जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमुनि जैसवालले शोरूमको उद्घाटन गर्नु भएको थियो । नगर प्रमुख जैशवालले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिनुभएको थियो ।
करिब २ करोडको लागतमा संचालनमा आएको जय बाबा विश्वकर्मा ईन्टरप्राइजेज गरूडाका संचालक सन्दिप साहका अनुसार गरूडा शिवनगरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुटर, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ ।
जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजका संचालक सन्दिप साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गरूडा नगरपालिकाका मेयर कन्थमुनी जैसवाल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा गरूडा नगर उद्योग वाणिज्यका अध्यक्ष सतिस साह, गरूडा नगरपालिकाका मेयर प्रत्यासि दिपक यादव, टिभिएसका व्यापार डेभ्लप्मेन्ट अफिसर विशाल श्रेष्ठ, सेल्स आरो ज्याकि गुप्ता, सर्भिस आरो सनि गुप्ता, ईलाका प्रहरी कार्यालय गरूडाको इन्सपेक्टर, मनोज कुमार यादव, विनोद कुमार यादव, जोगिन्द्र साह, अनिल यादव लगायतको उपस्थिति रहेको थियो ।