साना किसान सिमराको अध्यक्षमा पुन: कमला रिमाल

सेयर गर्नुहोस्

बारा, भाद्र २९ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट पुन: कमला रिमाल अधिकारी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ ।

संस्थाको अध्यक्ष कमला रिमालको अध्यक्षतामा सम्पन्न भएको नवौं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संबिधानसभा सदस्य जयप्रकाश यादव, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, महिला नेत्री निरूरायमाझि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्षले संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै २०७९-२०८०मा संस्थाको नाफा ७३ लाख ४७ हजार १२९ रहेको बताउनुभएको थियो । साना किसान कृषि सहकारी संस्था सिमरा २०७३ मा ४३ जना सेयर सदस्यहरूको ४३ सय पुजीबाट सुरू भएको थियो ।

तेसै गरि संस्थाको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष लक्ष्मि बस्तेन, उपाध्यक्षमा स्यामा साप्कोटा, सचिवमा मिरा पुरी, कोषाध्यक्षमा पुनम देवि महतो, सदस्यमा ज्योति देवि, लक्ष्मि पाण्डे, केसप थापा, अर्बिन्द साह, सुमित्रा ढकाल, ईन्दिरा दहाल, पार्वती फुजेल, कोपिला लामिछाने सर्वसम्मतरूपमा चयन भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य श्रेष्ठले आफुले यसै संस्थाको आठौं साधारणसभामा सहयोग गर्ने बाचा गरेको हुदा यस वर्ष संस्थाको भवन निर्माणका लागि आफुले पहल गरेर प्रदेश सरकार र संघबाट ६५ लाख रकम उपलब्ध गराएको छु । र आफुले सकेको अझ सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।