बाल दिवसको अवसरमा ने.रा.मा.वि. सिमरामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस्

बारा, भाद्र २९ गते ।

बाराको सिमरा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले विद्यालयबाट सरूवा भएका शिक्षकहरूलाई बिदाइ सहित शिक्षक पेसाबाट अनिवार्य अवकाश भएका सोही स्कुलका शिक्षकहरूलाई सम्मान गरेको गरेको हो ।

बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा २०७९ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र उत्कृष्ट नतिजा ल्याउन सफल भुमिका खेलेका शिक्षक शिक्षिकाहरूलाई नगदसहित सम्मान गरको थियो ।

जीतपुरसिमरा-२ को आर्थिक सहयोगमा भएको सम्मान तथा बिदाइ कार्यक्रममा १० जना सरूवा भएका शिक्षक र ३ जना अनिवार्य अवकाशप्राप्त शिक्षकलाई सम्मान तथा बिदाई गरिएको थियो । तेसैगरि अनुशासित र परिक्षामा उत्कृष्ट नतिजा ल्याउने १५ जना विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन विषयगत सफल भुमिका खेल्ने १५ जना शिक्षक शिक्षिकाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले स्कुलको विकासका लागि वडा कार्यालय हरदम सकरात्मक रहेको बताउनुभएको थियो । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दा अन्य विद्यार्थी र शिक्षकहरूमा सकरात्मक असर पर्ने भएको हुनाले वडाको बजेटबाट आजको सम्मान तथा बिदाइ कार्यक्रम गरिएको बताउनु भएको थियो ।