एमालेको ‘मिसन पार्टी जागरण अभियान’ कलैयामा, स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी

एमालेको ‘मिसन पार्टी जागरण अभियान’ कलैयामा, स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी
मनाेज शाह जितपुर बारा असाेज २८ गते:

नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत बारा जिल्लाको कलैया उपमहानगरपालिका नगर कमिटीको बैठक सम्पन्न भएको छ।


पूर्वकृषिमन्त्री तथा एमाले नेतृ ज्वालाकुमारी शाहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले पार्टीलाई एकढिक्का बनाएर आगामी स्थानीय निर्वाचनमा बहुमत हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकलाई सम्बोधन गर्दै नेतृ शाहले पार्टीका नेता, कार्यकर्ता तथा अग्रजहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले आपसी एकता र संगठनात्मक सक्रियतामार्फत स्थानीय निर्वाचनमा एमालेलाई पहिलो स्थानमा पुर्‍याउने सन्देश दिइन्।


बैठकमा एमालेका जिल्ला अध्यक्ष अध्यायन्न पाण्डे, रविन्द्र दासलगायत नेता, अगुवा तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। अभियानमार्फत पार्टी संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचनको तयारीलाई तीव्रता दिने एमालेको लक्ष्य रहेको छ।