१४औँ एनएसए कप पौडीमा निसर्ग बाटिका स्कुल टिम च्याम्पियन, १७ राष्ट्रिय कीर्तिमान कायम!


१४औँ एनएसए कप पौडीमा निसर्ग बाटिका स्कुल टिम च्याम्पियन, १७ राष्ट्रिय कीर्तिमान कायम!
काठमाडौ असाेज २८ गते: १४औँ एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुलले टिम च्याम्पियनको उपाधि जितेको छ। निसर्गले कुल १ हजार ३ सय ६३ अंक बटुल्दै ट्रफी आफ्नो नाममा गरेको हो।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ६ सय १३ अंकसहित दोस्रो तथा जेम्स स्कुल ६ सय ६ अंकसहित तेस्रो भएका छन्।
प्रतियोगितामा नेपाल आर्मी क्लबकी डुवाना लामाले सात स्वर्ण पदक जित्दै महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारिन्। यस्तै, नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले पुरुषतर्फ चार स्वर्ण र दुई रजत पदक जित्दै उत्कृष्ट खेलाडी घोषित भए।
दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी संघले जनाएको छ। इर्भिन श्रेष्ठले सर्वाधिक ६ राष्ट्रिय कीर्तिमान बनाउँदा अभिभ प्रधानले चार र जाडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गरे ।प्रतियोगितामा नेपाल आर्मी क्लबकी डुवाना लामाले सात स्वर्ण पदक जित्दै महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारिन्। यस्तै, नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले पुरुषतर्फ चार स्वर्ण र दुई रजत पदक जित्दै उत्कृष्ट खेलाडी घोषित भए।
दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी संघले जनाएको छ। इर्भिन श्रेष्ठले सर्वाधिक ६ राष्ट्रिय कीर्तिमान बनाउँदा अभिभ प्रधानले चार र जाडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतासहितका अतिथिले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।
सातदोबाटोस्थित पौडीपोखरीमा आयोजित प्रतियोगिता आगामी डिसेम्बरमा चीनको बेइजिङमा हुने सर्टकोर्स विश्व पौडी च्याम्पियनसिपको छनोटका लागि आयोजना गरिएको हो।