कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना

कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना

स्पर्श खबर जितपुर बारा असाेज १४ गते:
नेपाली कांग्रेसकी युवा महिला नेत्री मेघा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ तथा प्रदेशसभा ‘क’ र ‘ख’ मा सर्वसम्मत रूपमा निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।


शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापति लुकेश सिंह, प्रदेशसभा ‘क’ सभापति छबिलाल शर्मा र ‘ख’ सभापति विजय गुप्तालाई बधाई दिँदै सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र एकता, विश्वास, सहकार्य र सहमतिको सकारात्मक सन्देश दिएको उल्लेख गरेकी छन्।
उनले फरक विचार र दृष्टिकोणलाई सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्ने संस्कारले संगठनलाई अझ बलियो र एकताबद्ध बनाउने बताएकी छन्।

साथै, नेता–कार्यकर्ता तथा शुभेच्छुकबीच सद्भाव, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन्।
सहमति र सर्वसम्मत वातावरण निर्माण गर्न भूमिका खेल्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति शाहीले धन्यवाद तथा आभारसमेत व्यक्त गरेकी छन्। “एकता नै शक्ति हो” भन्ने भावनाका साथ कांग्रेसलाई थप ऊर्जाशील र जनमुखी बनाउन नवनिर्वाचित नेतृत्व सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छन्।