बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित

बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित

स्पर्श खबर जितपुर बारा असाेज १४ गते:
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ।
क्षेत्रीय सभापतिमा निर्वाचित सिंहलाई कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सिंहको नेतृत्वमा क्षेत्र नं. ४ मा पार्टी संगठनलाई थप मजबुत, सक्रिय र एकताबद्ध बनाउने अपेक्षा गरिएको छ।