दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियान

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियान
स्पर्श खबर जितपुर बारा असाेज १० गते:

दुर्घटना न्यूनीकरण तथा सडक क्षेत्र सुरक्षित बनाउन सिमरा भेट्रान क्लबले सिमरा रंगशाला चोक वरिपरि सरसफाइ गरेको छ।


क्लबका अध्यक्ष हरि चौधरीको नेतृत्वमा आज भएको सरसफाइ अभियानमा क्लबका सदस्यहरू समेत सहभागी भएका थिए।

सडक तथा चोक आसपासको फोहोर हटाउँदै दुर्घटनाको जोखिम कम गर्न र क्षेत्रलाई व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।