अमलेखगन्जमा ट्रामाडोलको ठूलो जालो पर्दाफास, १८ हजार ३ सय क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ
मनाेज शाह जितपुर बारा भदौ २४ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा कार्यालय नजिकै वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा बसको हुड र्याकमा रहेका दुईवटा झोला फेला परेको प्रहरीले जनाएको छ।
झोला खानतलासी गर्दा ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३ सय थान क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसिया पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। यति ठूलो परिमाणमा ट्रामाडोल कहाँबाट ल्याइएको र कहाँ पुर्याउन खोजिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।