केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयास

केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयास
स्पर्श खबर जितपुर बारा भदौ १८ गते:

रसुवा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित केयार भिजन बोर्डिङ स्कुलले १५ हजार ६२५ रुपैयाँ सहयोग गरेको छ।


विद्यालयले विपद् व्यवस्थापन तथा बाढीपीडितको राहतमा टेवा पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेको जनाएको छ।


विद्यालयका प्रिन्सिपल प्रदुमन चौधरीले सामाजिक उत्तरदायित्वप्रति विद्यालय प्रतिबद्ध रहेको बताउँदै संकटको यस घडीमा बाढीपीडितको पीडामा केही राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको बताए।


उनले उक्त १५ हजार ६२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए।
विनाशकारी बाढीले पीडित बनेका नागरिकको घाउमा मलम लगाउने उद्देश्यले गरिएको केयर भिजन बोर्डिङ स्कुलको सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।