जनताको समस्या समाधानमा प्रतिबद्ध छु : पूर्वमुख्यमन्त्री सोनल

जनताको समस्या समाधानमा प्रतिबद्ध छु : पूर्वमुख्यमन्त्री सोनल
मनोज साह जितपुर बारा साउन २८ गते;

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेता जितेन्द्र सोनलले परवानीपुर गाउँपालिका–४ चैनपुरका स्थानीय भद्रभलाद्मी, समाजसेवी तथा सर्वसाधारणसँग भेटघाट गरी स्थानीय समस्याबारे छलफल गरेका छन्।


भेटघाटका क्रममा सोनलले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको निरीक्षणसमेत गर्दै विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी लिएका थिए। उनले आफ्नो क्षेत्रमा देखिएका विकासका आवश्यकता र स्थानीयका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।


सोनलले भने, “जनताको समस्या नै हाम्रो समस्या हो। यो क्षेत्रमा कुनै समस्या छ भने त्यसको समाधानका लागि म पहल गर्न प्रतिबद्ध छु।”
पूर्वमुख्यमन्त्री सोनलले स्थानीयको गुनासो र समस्या प्रत्यक्ष सुनेर समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि स्थानीयहरू उत्साहित भएका छन्। भेटघाटमा स्थानीय विकास, शिक्षा तथा अन्य आवश्यक पूर्वाधारका विषयमा समेत छलफल भएको थियो।