विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए

मनाेज शाह जितपुर बारा जेठ ६ गते:

विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए
बाराका व्यवसायी बिरेन्द्र साह कानु आफ्नै नजिकको साथीबाट ठगिएको आरोप लगाउँदै मिडियासामु आएका छन्। सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका साहले विश्वासका आधारमा आर्थिक कारोबार गर्दा उल्टै आफ्नो घरजग्गा नै गुम्ने अवस्था आएको बताएका छन्।
पत्रकार सम्मेलनमा भावुक बनेका साहले १७ लाख रुपैयाँ सापटी लिएको स्वीकार गर्दै त्यसको ब्याज नियमित तिरिरहेको दाबी गरे। तर अहिले साथी नैमुदिन अन्सारीले पैसा नदिएको भन्दै घरजग्गा आफ्नो नाममा कब्जा गरी १ करोड ४३ लाख रुपैयाँ मागेको आरोप उनले लगाए।
“मैले साथी सम्झिएँ, उसैले मेरो घर खोज्यो,” भन्दै साह मिडियामै रुँदै न्याय मागे। उनले दबाब, धम्की र झुट्टा मुद्दासम्म लगाइएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
यता आरोपित नैमुदिन अन्सारीले भने सबै आरोप अस्वीकार गर्दै छिट्टै प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।