कलैयामा आजपा बारा जिल्ला पदाधिकारी बैठक सम्पन्न, संगठन विस्तार र मकै किसानको मुद्दामा सरकारलाई दबाब
स्पर्श खबर जितपुर बार जेठ ३ गते:
आम जनता पार्टी बारा जिल्ला पदाधिकारी बैठक कलैयामा सम्पन्न भएको छ। बैठकले वडा, पालिका र जिल्ला तहसम्म संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ। जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तथा केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो। बैठकमा उमेश कुशवाहा ले मकै किसानले उचित मूल्य नपाएको भन्दै सरकारसँग तत्काल समर्थन मूल्य तोक्न र बिचौलियामाथि कडा कारबाही गर्न माग गर्नुभयो। पार्टीले किसान, मजदुर, युवा तथा आम जनताका समस्यालाई सशक्त रूपमा उठाउँदै गाउँ–गाउँसम्म संगठन विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।