भोटेबहाल तयारी पोशाक सङ्घको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
स्पर्श खबर काठमाडौं बैशाख ७ गते:
काठमाडौं महानगरपालिका–२१ स्थित भोटेबहालमा रहेको तयारी पोशाक उत्पादक तथा विक्रेता सङ्घको एघारौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “गुणस्तरीय उत्पादन, देशमा रोजगारी, आर्थिक समृद्धि र देश विकासमा हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको थियो।
अधिवेशनबाट २० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा विष्णुप्रसाद गौतम चयन हुँदा वरिष्ठ उपाध्यक्षमा शिव केसी निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा बिजुली रत्नचार्य, जाकिर हुसेन अन्सारी, मिलन शर्मा र जमुना आचार्य रहेका छन्।
त्यसैगरी महासचिवमा राजकुमार केसी, उपमहासचिवमा बसन्त कुमार थापा मगर, कोषाध्यक्षमा सुनिल पोखरेल चयन भएका छन्। सचिवहरूमा अपिसा तामाङ र पुष्पराज ढुङ्गाना तथा सह–कोषाध्यक्षमा अनिता सापकोटा नेपाली चयन भएका छन्।
सदस्यहरूमा अनुप बल, रविना खड्का, विजय थापा, आशा थोकर, नरेश देउला, निलमणि श्रेष्ठ, महेन्द्र खड्का, अब्दुल अन्सारी लगायत रहेका छन्। नयाँ नेतृत्वले उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र व्यवसायीको हकहितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।