किसानको पीडामा साथ: जि.सी.–१० मा रामकुमार धानुकको अगुवाइमा नहर सरसफाइ अभियान


किसानको पीडामा साथ: जि.सी.–१० मा रामकुमार धानुकको अगुवाइमा नहर सरसफाइ अभियान
मनाेज शाह जितपुर बारा बैशाख ७ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा किसानहरूको समस्यालाई मध्यनजर गर्दै नहर तथा कुलो सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजसेवी रामकुमार महतो धानुकको अगुवाइमा स्थानीयवासीहरू बिहानैदेखि सरसफाइमा जुटेका हुन्।
सिँचाइ व्यवस्थामा देखिएको अवरोध हटाएर किसानलाई सहज बनाउन उद्देश्यले नहरमा जमेको फोहोर हटाइएको स्थानीयले बताएका छन्। गाउँका किसानहरूले लामो समयदेखि भोग्दै आएको पानी अभाव र कुलो अवरोधको समस्या समाधान गर्न यस अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
समाजसेवी धानुकले किसानको दुःख कम गर्ने लक्ष्यसहित आफू सक्रिय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। स्थानीयवासीहरूको सक्रिय सहभागिताले अभियान अझ प्रभावकारी बनेको देखिएको छ।