बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै

बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै

मनोज साह जितपुर बारा फागुन २५ गते:
बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पूर्व आइजीपी Sarvendra Khanal को अवस्था अत्यन्त कमजोर देखिएको छ। Rastriya Parivartan Party बाट उम्मेदवारी दिएका खनालले जम्मा ४६४ मत मात्रै प्राप्त गर्दै जमानत जफत हुने स्थिति पुगेका छन्।
उक्त क्षेत्रमा भने Rastriya Swatantra Party का उम्मेदवार Rabar Ansari भारी मतान्तरसहित विजयी भएका छन्। अन्सारीले ठूलो जनसमर्थन प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै निर्वाचन जितेका हुन्।
पूर्व प्रहरी महानिरीक्षक जस्तो उच्च पद सम्हालेका खनालले निर्वाचनमा अपेक्षित मतसमेत प्राप्त गर्न नसक्दा बारा–४ को परिणाम राजनीतिक रूपमा निकै चासोको विषय बनेको छ। स्थानीय मतदाताले भने नयाँ नेतृत्वप्रति विश्वास देखाउँदै अन्सारीलाई जिताएको विश्लेषण गरिएको छ।