हिन्दू समाजकी बेटी स्वस्तिका गुप्ता :मेरो एउटै सपना, हिन्दू राष्ट्र नेपाल
स्पर्श खबर जितपुर बारा मंसिर २२ गते:
हिन्दू समाजकी सक्रिय युवती स्वस्तिका गुप्ताले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने आफ्नो जीवनभरको सपना रहेको बताउँदै धार्मिक पहिचान, संस्कृति र परम्परा संरक्षणका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
सम्बन्धित कार्यक्रममार्फत बोल्दै उनले भनिन्, “म एउटा हिन्दू समाजको बेटी हुँ। मेरो एउटै सपना छ—हिन्दू राष्ट्र नेपाल बनोस्।” उनका अनुसार नेपालमा बढ्दो सांस्कृतिक अवमूल्यन, धार्मिक असहिष्णुता र परम्परागत मान्यताप्रति उदासिनता रोक्न सबै युवापुस्ताले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ।
समाजमा सक्रिय रूपमा विभिन्न धार्मिक तथा सामाजिक अभियान चलाउँदै आएकी गुप्ताले अहिलेको पुस्ताले आफ्नो जरा, संस्कृति र मूल्यप्रति गर्व गर्नुपर्ने बताइन्।
उनले जोड दिँदै थपिन्, “हामीले पहिचान जोगाउन कसरत गर्नैपर्छ। धर्म, संस्कृति र परम्पराको रक्षा हाम्रो कर्तव्य हो।”