कलैयाको यातायात व्यवस्था कार्यालयमा साढे १० बजेसम्म पनि कर्मचारी अनुपस्थित, सेवाग्राही आक्रोशित

स्पर्श खबर जितपुर बारा मंसिर २१ गते:

कलैयाको यातायात व्यवस्था कार्यालयमा साढे १० बजेसम्म पनि कर्मचारी अनुपस्थित, सेवाग्राही आक्रोशित

बारा जिल्लाको कलैयामा रहेको यातायात व्यवस्था कार्यालयमा आज बिहान १०:३० बजेसम्म पनि कुनै कर्मचारीको उपस्थिति नदेखिएको स्थानीयले बताएका छन्। सेवा लिन कार्यालय पुगेका नागरिकहरू समयमै कर्मचारी नआएपछि आक्रोशित बनेका छन्।

सेवाग्राहीको भनाइअनुसार कार्यालय तोकिएको समयमा खुल्ने तर कर्मचारी ढिलो आउने समस्या पटक–पटक दोहोरिँदै आएको छ। “साढे दस बज्यो, एकजनासम्म कर्मचारी आएनन्, हामी बिहानैदेखि लाइनमा छौँ,” एक स्थानीयले गुनासो व्यक्त गरे।

नयाँ सवारी दर्ता, लाइसेन्स नवीकरण, कर तिर्ने लगायतका कामका लागि नागरिकहरू दैनिक रुपमा कार्यालय धाउने गरे पनि समयमै सेवा नपाउँदा उनीहरू मारमा परेका छन्। स्थानीयले कार्यालयमा प्रशासनिक लापरबाही बढ्दो क्रम रोकिनुपर्ने, निगरानी कडाइ गर्नुपर्ने र सेवाग्राहीमैत्री सेवा सञ्चालन गर्न माग गरेका छन्।