सिमरा चोक घटनामा २ जना वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
स्पर्श खबर जितपुर बारा मंसिर ४ गते :
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा Zen Z र युवा संघबीच भएको विवादपछि दुई जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा जितपुर सिमरा–२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नं. ६ का कैमुद्धिन अन्सारी रहेका छन्। उनीहरूलाई मंसिर ३ गते भएको घटनापश्चात पक्राउ गरी हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनाका कारण, परिस्थितिको पूर्ण विवरण र संलग्नता बारे प्रहरी अनुसन्धान जारी रहेको छ।


