नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशन
काठमाडौँ २७ असोज
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यून सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल प्रतिष्ठान मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सर नघट्ने गरी लागू गर्न पत्राचार गरिएको जानकारी दिनुभयो। मन्त्रीले यसअघि पनि निर्देशन दिइसकेकोले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकोले फेरि पनि निर्देशन दिएको उहाँले बताउनुभयो । पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम प्रचलित पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । प्रवक्ता बुढाथोकीका अनुसार तोकेको समयभन्दा धेरै कामका लागि अतिरिक्त वार्ता व्यवस्था गर्न पनि निर्देशन दिएको छ। माद्रेले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरि राख्नुपर्ने ज्यालादारी कार्य गराउन नपाइने र सकली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइने समेत निर्देशन दिएको उहाँले बताउनुभयो। यस्तै मन्त्रालय नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन आग्रह गरेको छ।
नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशन


