सामुदयिक बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक स्थापना दिवस एवम् बिजयादशमी ,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान

स्पर्श खबर जितपुर बारा असोज १० गतेःजितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको
सामुदयिक बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक स्थापना दिवस एवम् बिजयादशमी ,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सस्थाका उपाध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षतामा , सहकारी बैंकका शाखा प्रमुख चन्द्रमनी भट्टराई ज्युको प्रमुख आतिथ्यतामा र सो संस्थाका व्यवस्थापक शम्भु रामको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रममा संस्थाका संचालक समिती ,लेखा समिती,उपसमिति ,शेयर सदस्य र कर्मचारिहरुको उपस्थितिमा यो कार्यक्रम मनाइरहदा पूर्व कोषाध्यक्ष चन्दा कुमारी साह, शेयर सदस्य सन्तोश कुमार गुप्ता,सह सचिव सुरज हजरा, सचिव बिपिन कुमार गुप्ता , कोषाध्यक्ष शम्भुवन गुप्ता ,कार्यालय सहायक द्रोपती देवी चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कर्यक्रम संस्थाका कनिष्ठ सहायक अशोक दास तत्माले कार्यक्रम सञ्चालन गरेका थिए ।