जानकी टोला बाट एकजना महिला उद्धार

स्पर्श खबर जितपुर बारा भदौ ३१ गते:

जानकी टोला बाट एकजना महिला उद्धार

२०८२ भाद्र ३१ गते मंगलबार मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका वार्ड न. २ इनर्वा बोडर बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ४० की महिलालाइ साझ ४ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !!

उदारको लागि जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ज्युले गराउनु भएको थियो, उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू,मानवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारुज्यू,
शसस्त्र प्रहरी कार्यालयका डि.एस.पी बिष्णु राज उप्रेती, सोहि वडाका अध्यक्ष नेपली प्रसाद कुशवाहा र आश्रमका स्वयंसेवकहरु बिकाश माली, सरोज बि.क र दिपेन्द्र चौधरी ज्यु को उपस्थिति रहेको थियो !!

आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार हुनेछ ।