सुवर्णपुर गाउंपालिकामा तीन जनाको अचानक यसरी मृत्यु भयो

  • बिषाक्त रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउपालिका वडा नं. ३ पचगछिया टोलका हिजो सोमबार राती तीन जनाको मृत्यु भएको वडाअध्यक्ष राम क्षेत्री यादबले बताउनु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन ।

पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको मृत्यु भएपनि प्रहरीले कुनै कार्वाही अघि नबढाएको स्थानीयले बताएका छन ।

बारामा अबैध सञ्चालनमा रहेका यस्ता रक्सी भट्टी जताततै सञ्चालन हुदै आएको छ । प्रहरीले प्रभावकारीरुपमा नियन्त्रणको प्रयास नहुदा यस अघि बरियारपुर र विभिन्न स्थानमा मदिरा सेवनकै कारण मृत्यु भई सकेको छ ।

प्रहरी नायब उपरिक्षक एबम बाराका प्रहरी प्रवक्ता बिजय राज पण्डितले घटना बारे प्रहरीमा कुनै जानकारी नआएको बताउदै जानकारी लिएर आबश्यक कार्वाही बढाउने बताउनु भएको छ ।

सोही वडाका वडाअध्यक्ष क्षेत्रीले अस्ती रक्सी सेवन भएको र हिजो छ बजे देखि राती आठ बजेसम्म तीनै जनाको मृत्यु भएपछि प्रहरी घटनास्थलमा आएको र स्थानीय केहील बिरामीका कारण तीनै जनाको मृत्यु भनेपछि प्रहरी यतिकै फर्किएको बताउनु भएको छ । घटना लुकाउन बिरामी भएपनि बिषाक्त रक्सी सेवनकै कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।