बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२२
२ नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आज बुधबार बिहान करिब ७:३० बजेतिर स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन्। त्यस पछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो। आज दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जंगलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।